PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

चुनावी प्रचारमा ननिस्कनुका कारण खुलाए ओलीले, औषधी खाएर घरमै आराम गर्दै



पहिलोपोस्ट

चुनावी प्रचारमा ननिस्कनुका कारण खुलाए ओलीले, औषधी खाएर घरमै आराम गर्दै
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखिएको आइतवार अध्यक्ष ओलीले फेसबुकमार्फत जानकारी दिएका हुन्। बिरामी भएपछि एन्टिबायोटिक खाएर घरमा नै आराम गरेर बसिरहेको उनले उल्लेख गरेका छन्।

अस्वस्थ्यको कारण उपनिर्वाचनको कार्यक्रममा समेत सहभागी हुन नकसेको ओलीले लखेका छन्।

'तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो। तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन। तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं,' ओलीले भनेका छन्।

स्वास्थ्य ठीक भएपछि समय मिलाएर उम्मेदवारलाई भेट्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell