PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

गुजरातविरुद्ध ३ विकेटको जित निकाल्दै राजस्थान शिर्षस्थानमा



पहिलोपोस्ट

गुजरातविरुद्ध ३ विकेटको जित निकाल्दै राजस्थान शिर्षस्थानमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटान्सलाई पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरातलाई ३ विकेटले हराएको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनायो। गुजरातका लागि डेभिड मिलरले ४६ रन बनाउँदा शुभमन गिलले ४५, हार्दिक पाण्ड्याले २८ तथा अभिनव मनोहरले १७ रन जोडे।

राजस्थानका सन्दीप शर्माले २ तथा ट्रेन्ट बोल्ट, एडम जाम्पा र युजभेन्द्र चहलले १/१ विकेट लिए।

१७८ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ बल बाँकी छँदा ७ विकेट गुमाउँदै लक्ष्य भेट्यायो। उसका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ६० रन बनाउँदा शिमरोन हेटमायरले ५६ रन, देवदत्त पाडिक्कलले २६ तथा ध्रुव जुरेलले १८ रन जोडे।

गुजरातका मोहम्मद शामीले ३, राशिद खानले २ तथा हार्दिक र नूर अहमदले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell