PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

पिउरी दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सात जना घाइते



रासस

पिउरी दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सात जना घाइते

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतवार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।

जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका-१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन्।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell