PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न बालकोट पुगे प्रचण्ड र देउवा



पहिलोपोस्ट

ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न बालकोट पुगे प्रचण्ड र देउवा

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्। सोमवार बिहान ओली निवास पुगेर प्रचण्ड र देउवा तथा सभामुख देवराज घिमिरेले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

ओलीको स्वास्थ्यमा समस्या देखिएको उनले आइतवार फेसबुकमार्फत जानकारी दिएका थिए। भाइरल ज्वरोका कारण ओलीको स्वास्थ्यमा समस्या देखिएको थियो।

बिरामी भएपछि एन्टिबायोटिक खाएर घरमा नै आराम गरेर बसिरहेको उनले उल्लेख गरेका छन्। अस्वस्थताको कारण उपनिर्वाचनको कार्यक्रममा समेत सहभागी हुन नकसेको ओलीले लेखेका छन्। स्वास्थ्य ठीक भएपछि समय मिलाएर उम्मेदवारलाई भेट्ने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell