PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

लत्रिएको तारमा मोटरसाइकल छोइँदा करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु



रासस

लत्रिएको तारमा मोटरसाइकल छोइँदा करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु

दमौली : तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका-२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।

पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो। घाइते उनको सोमवार पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मध्यनेपाल नगरपालिका-७ करापुरटार बस्ने ५० वर्षीय तीर्थ घिमिरेको घाइते अवस्थामा पोखरामा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell