PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा



पहिलोपोस्ट

राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा
फाइल फोटो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेल नियमित फलोअपका लागि अस्पताल पुगेको निजी चिकित्सक डा निरज बमले जानकारी दिए। पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए। 

पाँच दिनको अस्पताल बसाईपछि शितल निवास फर्केका उनी सोमवार फलोअपका लागि अस्पताल पुगेको डा बमले बताए। 'अस्ति उहाँको उपचार यही भएको थियो। आज फलोअपका लागि आउनुभएको हो,' पहिलोपोस्टसँग डा बमले भने। अस्पताल स्रोतले भने पौडेलको बायाँ छातीको तल्लो भागबाट भिडियो एक्सरे (अल्ट्रा साउण्ड) को सहायताले परीक्षणका लागि पानी निकाली  परीक्षणका लागि पठाइएको छ।

उपचारको प्रगति कस्तो छ भनी फलोअप गरिएको उनको भनाई थियो। कस्तो छ त प्रगति? 'सुधारोन्मुख देखिएको छ, अहिले उहाँ विभिन्न कार्यक्रममा सहभागी हुनुभइरहेको छ नि,' डा बमको जवाफ थियो। राष्ट्रपति पौडेल अस्पतालबाट शीतल निवासमा फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell