PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

तिला नदीमा बेपत्ता जिसस सदस्य विश्वकर्माको खोजी जारी



रासस

तिला नदीमा बेपत्ता जिसस सदस्य विश्वकर्माको खोजी जारी

मान्म : कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन्। तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका-१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए।

शनिवार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका थिए।

उनको स्थानीय र प्रहरीले शनिवारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell