PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यसरी तयार हुँदैछ रातो मछिन्द्रनाथ रथ

यसरी तयार हुँदैछ रातो मछिन्द्रनाथ रथ

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)को जात्राका लागि रथ निर्माण कार्य भइरहेको छ।

नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदाय हाल रथ बनाउन व्यस्त छन्। रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि पुल्चोकमा रथ निर्माण कार्य सुरु भएको हो।

सुरुमा रथका पांग्राहरु राखेर दुई ठूला काठहरुलाई राखिएको थियो। त्यसपछि ती पांग्रा हटाएर फ: र स्वराठका काठहरु राखिएको थियो।

बाराहीहरुले रथमा पांगा र ल: सिं राखेका छन्। यँवालहरुले भने काठहरुलाई डोरी र बेतले कस्ने काम गरेका छन्।

बैशाख शुक्ल प्रतिपदा (पारु) बैशाख ८ गते रातो मछिन्द्रनाथको मूर्तिलाई रथारोहण गराइ रथ जात्रा सुरु हुन्छ।

पहिलो दिन रातो मछिन्द्रनाथको रथलाई गा: बहाल पुर्‍याइनेछ। शुभ साइतमा भोटो देखाई रातो मछिन्द्रनाथको मूर्तिलाई बुङमतीमा फिर्ता लगेसँगै रातो मछिन्द्रनाथको रथ यात्रा समापन हुन्छ।

यसैबिच, ललितपुरस्थित मछिन्द्रबहालमा करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ)को मूर्तिलाई रथारोहणको लागि तयारी स्वरुप पुजारीले गङ्गरोगन पनि गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell