PahiloPost

Jul 3, 2024 | २० असार २०८१

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा दोस्रोपटक विश्वासको मत लिँदै



पहिलोपोस्ट

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा दोस्रोपटक विश्वासको मत लिँदै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन्। माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेबाट मुख्यमन्त्री बनेका गिरीले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिएका थिए। ८७ सांसद रहेको प्रदेशमा बहुमतका लागि ४४ सांसद चाहिन्छ। तर, हाल ५३ जना सांसद विपक्षमा देखिएका छन्। लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका ८ दल र एक जना स्वतन्त्र सांसद गरी ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। प्रदेश सभा सचिव दुर्लभकुमार पुनले प्रदेश सभाको बैठक वैशाख ११ गते बिहान ११ बजे बोलाइएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell