PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

म्याक्सवेलको आक्रमक ब्याटिङको बावजुत बेङ्ग्लोरलाई हराउँदै चेन्नइ तेस्रो स्थानमा



पहिलोपोस्ट

म्याक्सवेलको आक्रमक ब्याटिङको बावजुत बेङ्ग्लोरलाई हराउँदै चेन्नइ तेस्रो स्थानमा
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै चेन्नइ सुपरकिंग्स तेस्रो स्थानमा उक्लिएको छ। बेङ्ग्लुरुस्थित चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले चेन्नइसँग ८ रनको हार ब्यहोरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रनको विशाल लक्ष्य खडा गरेको थियो। जसका लागि ओपनर डेभोन कोन्वेले ४५ बलमा सर्वाधिक ८३ रन बनाउँदा शिवम दुबेले ५२, अजिन्क्य रहाणेले ३७ तथा अम्बाती रायडूले १४ रन बनाए। मोइन अली १९ रनमा अविजित रहे। बलिङतर्फ बेङ्ग्लोरका मोहम्मद सिराज, वायन पार्नेल, विजयकुमार, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिउको बेङ्ग्लोर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रनमा समेटियो। बेङ्ग्लोरका लागि म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ३६ बलमा ७६ रन बनाए। त्यस्तै फाफ डुप्लिसिसले ३३ बलमा ६२ रन बनाउँदा दिनेश कार्तिकले २८, सुयस प्रभुदेशाइले १९ तथा सहबाज अहमदले १२ रन बनाए।

बेङ्ग्लोरलाई लक्ष्यसम्म पुग्न नदिन चेन्नइका तुसारदेश पाण्डेले सर्वाधिक ३ विकेट लिँदा मथिसा पथिरानाले २ तथा आकाश सिंह, महीश थकसिना र मोइन अलीले समान १ विकेट लिए।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको चेन्नइ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुईमा ८ र ६ अंक जोडेका राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट छन्। ४ अंक जोडेको बेङ्ग्लोर भने तालिकाको सातौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell