काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
महाशाखाका अनुसार मंगलवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको संभावना रहेको छ।
तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। साथै उपत्यकालगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ।
मंगलवार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।