काठमाडौँ: एसीसी प्रिमियर कपको पहिलो दिन मंगलवार दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा नेपाली क्रिकेट टोलीले मलेशियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा सोही समय हङकङ र सिंगापुरबीच खेल सुरु हुनेछ। मुलपानीमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो।
एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।
सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।
प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउने छ।
इमर्जिङ टीम एसिया कपमा भारत 'ए', पाकिस्तान 'ए', श्रीलंका 'ए', अफगानिस्तान 'ए' र बंगलादेशको 'ए' टोली हुनेछन्। त्यस्तै, प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।
नेपाली टोली
रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी
रिजर्भ
अर्जुन साउद, सुन्दिप जोरा, सूर्य तामाङ, किशोर महतो
खेलतालिका
मिति | टीयू मैदान | मुलपानी मैदान |
बैशाख ५ | नेपाल Vs मलेसिया | हङकङ Vs सिंगापुर |
बैशाख ६ | यूएई Vs कुवेत | ओमन Vs कतार |
बैशाख ७ | सिंगापुर Vs बहराइन | मलेसिया Vs साउदी |
बैशाख ८ | नेपाल Vs ओमन | यूएई Vs हङकङ |
बैशाख ९ | कतार Vs साउदी | कुवेत Vs बहराइन |
बैशाख १० | यूएई Vs सिंगापुर | ओमन Vs मलेसिया |
बैशाख ११ | हङकङ Vs बहराइन | नेपाल Vs साउदी |
बैशाख १२ | कुवेत Vs सिंगापुर | कतार Vs मलेसिया |
बैशाख १३ | ओमन Vs साउदी | यूएई Vs बहराइन |
बैशाख १४ | नेपाल Vs कतार | हङकङ Vs कुवेत |