PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

लिडार गनको फ्रेममा तीव्र गतिमा सवारी चलाउने चालक : दैनिक साढे २ सय पर्छन् कारबाहीमा



पहिलोपोस्ट

लिडार गनको फ्रेममा तीव्र गतिमा सवारी चलाउने चालक : दैनिक साढे २ सय पर्छन् कारबाहीमा

काठमाडौं : प्रत्येक दिन तीव्र गतिमा सवारी चलाएकोमा कारबाही हुनेहरुको सङ्ख्या बढ्दै गएको छ। दिनहुँ साढे २ सय भन्दाबढी सवारी चालकलाई तीव्र गतिमा सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमवार बैशाख ४ गते काठमाडौंका तीन जिल्लामा २ सय ५३ जना चालकलाई कारबाही गरेको थियो। त्यस्तै, बैशाख ३ गते पनि सोही सङ्ख्यामा चालक कारबाहीमा परे।

बैशाख २ गते शनिवार ३ सय ७७ जना चालक कारबाहीमा परेका थिए। ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा दैनिक साढे २ सय भन्दाबढी चालक कारबाहीमा पर्ने गरेका छन्।

अहिले कोटेश्वर कलङ्की सडक, कोटेश्वर भक्तपुर र महाशाखा कार्यालयमा लिडार गनको प्रयोग भइरहेको छ। लिडार गनले तीव्र गतिमा आएका सवारीको गति मापन गर्ने गर्छ। गनले १५० मिटर दुरीसम्म काम गर्छ। ५० किलोमिटर प्रतिघण्टा भन्दा बढीको गतिमा सवारी आए सडकमा खटिएका ट्राफिकले यसैगरी जरिबाना दस्तुर काट्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell