PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

सुनको मूल्य स्थिर, तोलाको १ लाख १० हजार रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्य स्थिर, तोलाको १ लाख १० हजार रुपैयाँ

काठमाडौं : सुनको मूल्य दुई दिनयता स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य उतारचढाव भए पनि नेपालमा मंगलवार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

साताको पहिलो दिन तोलाको ८ सय रुपैयाँ घट्दा कारोबार उक्त मूल्यमा आएको हो। सोमवार र मंगलवार यसमा घटबढ छैन। सुनको मूल्य यसपटक निकै उच्च भएको छ। लगातार बढेको मूल्य घट्न सकेको छैन।

चाँदी भने घटेको छ। चार दिनदेखि प्रतितोला १४ सय ५० रुपैयाँमा स्थिर मूल्य १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँ भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔंस १९९९.३४ डलरमा कारोबार भइरहेको छ। साताको प्रारम्भका तुलनामा सुनको मूल्य केही कमजोर भएको हो। गत आइतवार प्रतिऔंस २००४.३९ डलरमा कारोबार भएको थियो।

चाँदीमा पनि दुई दिनयता गिरावट छ। गत आइतवार प्रतिऔंस २५.३९ डलरले कारोबार भएको थियो, मंगलबार २५.०३ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell