PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एसीसी प्रिमियर कप : यस्तो रह्यो मलेशिया र नेपालको पहिलो इनिङ्स

एसीसी प्रिमियर कप : यस्तो रह्यो मलेशिया र नेपालको पहिलो इनिङ्स

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत मलेशिया र नेपालबिचको खेल कीर्तिपुरमा जारी छ। मलेशियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले हाल पछ्याइरहेको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनायो।

पहिलो विकेटका लागि विरनदीप सिंहसँग २२ रनको साझेदारी बनाएर मोहम्मद अमिर १७ रन बनाउँदै ५.५ ओभरमा आउट भए। दोस्रो विकेटका लागि सिंह र कप्तान अहमेद फइजले ११६ रनको ठूलो साझेदारी बनाए।

३३.२ ओभरमा ९५ बलबाट ७६ रन बनाएका कप्तान फइजलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई ब्रेक थ्रु दिलाए। चौथो विकेटका रुपमा विरनदीप सिंह ४६ रन बनाएर ललित राजवंशीको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए।

त्यसबाहेक खिजार हायतले २२ रन बनाउँदा स्यजरुल इद्रुसले २१ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिँदा ललीत राजवंशीले २ तथा गुलसन झाले १ विकेट लिए। नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell