PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

धिरजको फिल्मलाई अनमोल र प्रदीपको साथ!



पहिलोपोस्ट

धिरजको फिल्मलाई अनमोल र प्रदीपको साथ!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कलाकारले एकअर्कालाई खासै साथ दिदैनन्। आफ्नै प्रतिस्पर्धीको अभिनयको प्रशंसा गर्नु त परकै कुरा। तर, धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ मा भने अभिनेता प्रदीप खड्का र अनमोल केसीको साथ मिलेको छ।

केही दिनअघि ‘ज्याकी: आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको थियो। सोहीदिन अभिनेता अनमोल केसीले इन्स्टाग्राममा स्टोरी राख्दै फिल्मलाई शुभकामना दिएका थिए। त्यस्तै, आज अभिनेता प्रदीप खड्काले पनि फेसबुकमा ट्रेलर सेयर गरेका छन। उनले धिरजसहित सम्पूर्ण टिमलाई शुभकामना दिएका छन्।

रेनशा राई रानाको निर्देशन रहेको यो फिल्म वैशाखको २१ गतेबाट रिलिज हुँदैछ। फिल्ममा धिरजका साथै जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ।

फिल्म क्षेत्रमा धिरजलाई अनमोल र प्रदीपको प्रतिस्पर्धी अभिनेता रुपमा लिइन्छ। तर, अनमोल र प्रदीपले नै धिरजलाई सहयोग गर्नु सकारात्मक कुरा हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell