काठमाडौं : सोमबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा प्रहरी र मिटरब्याजी पीडितबिच झडप बारे छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन गर्न समिति गठन गरेको जानकारी दिएका छन्। काठमाडौं जिल्लाका सहायक सिडियोको नेतृत्वमा छानविन समित गठन भएको छ।
समितिले सोमबार झडप हुनुको कारण लगायत विषयमा छानबिन गर्ने छ। त्यस्तै प्रहरीले बल प्रयोग गर्ने कारण पनि खोज्ने छ। झडपमा प्रहरी सहित केही प्रर्दशनकारी घाइते भएका थिए। सोमबारको घटना दुखत भएको गृहमन्त्री श्रेष्ठले बताएका छन्। त्यस्तै मिटरब्याजी पिडितको आन्दोलनमा बल प्रयोग नगर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
मिटरब्याज पिडितले न्याय पाउने गरि काम भइरहेको समेत उनले बताए। सरकारले मिटरब्याजीको समस्या समधान गर्न आयोग गठन गरेर काम थालिसकेको समेत जानकारी दिए।