PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मलेशियालाई हराएको नेपालको ब्याटिङ हेर्नुस् फोटोमा

मलेशियालाई हराएको नेपालको ब्याटिङ हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत नेपालले मलेशियालाई हराउँदै सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न समूह 'ए' को खेलमा नेपालले मलेशियामाथि ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको मलेशियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो।

सुरुवाती ब्याटिङ गरेको मलेशियाको पहिलो विकेटका लागि विरनदीप सिंहसँग २२ रनको साझेदारी बनाएर मोहम्मद अमिर १७ रन बनाउँदै ५.५ ओभरमा आउट भए। दोस्रो विकेटका लागि सिंह र कप्तान अहमेद फइजले ११६ रनको ठूलो साझेदारी बनाए। ३३.२ ओभरमा ९५ बलबाट ७६ रन बनाएका कप्तान फइजलाई आउट गराउँदै सन्दीप लामिछानेले नेपाललाई ब्रेक थ्रु दिलाए। चौथो विकेटका रुपमा विरनदीप सिंह ४६ रन बनाएर ललित राजवंशीको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। त्यसबाहेक खिजार हायतले २२ रन बनाउँदा स्यजरुल इद्रुसले २१ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिँदा ललीत राजवंशीले २ तथा गुलसन झाले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई पहिलो ओभरमै ओपनर आशिफ शेख १ रन बनाएर आउट हुँदा धक्का लागेको थियो। तर, अर्का ओपनर कुशल भुर्तेलले भीम सार्कीसँग ५२ रनको साझेदारी गर्दै रनस्कोर उकास्न योगदान दिए। ९.१ ओभरमा ३१ बलमा ३८ रन बनाएर भुर्तेल आउट भए। नेपाललाई लक्ष्यसम्म पुर्‍याउन भीम सार्की र कुशल मल्लले अर्धशतकीय इन्निङ्स खेले। भीमले सर्वाधिक ७१ रन बनाउँदा कुशल मल्ल ७० रनमा अविजित रहे। त्यस्तै कप्तान रोहित पौडेलले ४२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले अविजित ५ रन बनाए।

 



ट्रेन्डिङ पोस्ट

Ncell