PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फेरि कोभिड-१९ ले खतराको घन्टी बजाउन लागेको हो? एकै दिन २ जनाको मृत्यु



पहिलोपोस्ट

फेरि कोभिड-१९ ले खतराको घन्टी बजाउन लागेको हो? एकै दिन २ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं : संक्रमण थामिएपछि सामान्य रुपमा हेर्न थालिएको कोभिड-१९ ले फेरि खतराको घन्टी बजाउन थालेको छ। मंगलवारमात्रै २ जनाको मृत्यु कोभिड-१९ को संक्रमणका कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो। २४ घण्टामा  १०५ जनामा संक्रमित थपिएका छन्। ४ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण नेपालमा पनि पटक पटक लकडाउन भएको थियो। तर पछिल्लो समय संक्रमणदरमा कमी आएपछि प्रतिबन्धात्मक व्यवस्थाहरु हटेको थियो।

यसरी थपिँदै चुनौती

सोमवार १ जनाको संक्रमणका कारण मृत्यु भएको थियो। ३ जना भेन्टिलेटरमा थिए भने मंगलवार त्यो संख्या बढेको हो। संक्रमितको संख्या पनि केही दिनयता बढिरहेको छ। आइतवार ९९ जनामात्रै संक्रमित थपिएका थिए। आइतवार संक्रमणबाट कसैको पनि मृत्यु नभएकोमा सोमवार र मंगलवार संक्रमणबाट निधन नै भएको हो। शनिवार भने जम्मा ६४ जनामा मात्रै संक्रमण भेटिएको थियो। त्यतिबेला सक्रिय संक्रमितको संख्षा ३७७ रहँदा उक्त संख्या बढेर मंगलवार ३९७ पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell