PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

राष्ट्रपति पौडेल अस्पताल भर्ना



पहिलोपोस्ट

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि पौडेल महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका हुन्।

सोमवारमात्र पौडेल नियमित फलोअप गरी फर्केका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालबाट फर्काइएको थियो। राष्ट्रपति पौडेललाई देखिएको समस्या के हो? यसबारे अस्पताल र शितल निवासले केही खुलाइएको छैन।

यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए। पाँच दिन अस्पताल बसाईपछि पौडेल शितल निवास फर्केका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell