PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

आर्मीले मनाङलाई हरायो, शीर्ष सात टोलीबीच २ अंकको प्रतिस्पर्धा!



पहिलोपोस्ट

आर्मीले मनाङलाई हरायो, शीर्ष सात टोलीबीच २ अंकको प्रतिस्पर्धा!
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले मनाङमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। आर्मीलाई जित दिलाउन ७४ औँ मिनेटमा सुदिल राईले निर्णायक गोल गरेका थिए।

मंगलवार नै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले खुमलटार एफसीलाई ३-१ गोलअन्तरले हराएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ६४ औँ मिनेटमा सरोज तामाङको गोलमा एनआरटीले अग्रता बनाएको थियो। दोस्रो गोल ८२ औँ मिनेटमा सञ्जीव बिस्टले गर्दा ८५ औँ मिनेटमा मोहित गुरुङले तेस्रो गोल गरेका थिए।

लिगमा १० औँ चरण चलिरहँदा शीर्षस्थानको होड अझ तीब्र बनेको छ। शीर्ष दुईमा रहेका जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबको समान १७ अंक छ भने तेस्रो देखि सातौँ स्थानसम्म रहेका थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी क्लब, चर्च ब्वाइज क्लब र संकटा क्लबको समान १५ अंक छ। अर्थात शीर्ष स्थानको होडमा रहेका सात क्लबबीच २ अंकको मात्र दुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell