PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै



पहिलोपोस्ट

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि दिल्ली लगिँदै

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लाने तयारी गरिएको छ। पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लान लागिएको हो।

अहिले साढे ९ बजे पौडेललाई श्री एयरलाइन्समार्फत दिल्ली लगिँदैछ। यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एयरलाइन्सले जनाएको छ।

नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा पौडेलको उपचार हुने बताइएको छ। एम्स र शिक्षण अस्पतालका डाक्टरको परामर्शपछि पौडेल दिल्ली उड्न लागेको अस्पताल स्रोतले जनायो। राष्ट्रपति पौडेलले यसअघि पनि एम्स अस्पतालमा आफ्नो स्वास्थ्योपचार गर्दै आएका थिए।

सोमवारमात्र पौडेल नियमित फलोअप गरी फर्केका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालबाट फर्काइएको थियो। यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए। पाँच दिन अस्पताल बसाईपछि पौडेल शितल निवास फर्केका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell