PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एयर एम्बुलेन्समार्फत थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई लगियो नयाँ दिल्ली



पहिलोपोस्ट

एयर एम्बुलेन्समार्फत थप उपचारका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई लगियो नयाँ दिल्ली

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई नयाँ दिल्ली लागिएको हो।

अहिले १० बजे पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्स सिआरजे २०० मार्फत दिल्ली लगिएको एअरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए। नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा पौडेलको उपचार हुनेछ।

एम्स र शिक्षण अस्पतालका डाक्टरको परामर्शपछि पौडेल दिल्ली उडेका हुन्। राष्ट्रपति पौडेलले यसअघि पनि एम्स अस्पतालमा आफ्नो स्वास्थ्योउपचार गर्दै आएका थिए।

सोमवारमात्र पौडेल नियमित फलोअप गरी फर्केका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालबाट फर्काइएको थियो। यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए। पाँच दिन अस्पताल बसाईपछि पौडेल शितल निवास फर्केका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell