PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

‘वार्मअप’मै सकियो संवैधानिक परिषद्को बैठक



पहिलोपोस्ट

‘वार्मअप’मै सकियो संवैधानिक परिषद्को बैठक

काठमाडौं : प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निर्णयविहीन भएको छ। प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्माओलीसँग उनकै निवासमा छलफल गरेका थिए।

उक्त छलफलपछि बुधवार बसेको परिषद्को बैठकमा पनि ‘वार्मअप’ मात्रै भएको प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।

‘आजको बैठक खाली वार्मअप मात्रै भयो,’ उनले भने।

संवैधानिक परिषद्को बैठकमा एमाले अध्यक्ष ओलीको बहुमत छ। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना एमालेबाट उक्त पदमा निर्वाचित भएका हुन्।

उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भएकी हुन्। ५ सदस्यीय संवैधानिक परिषद्मा प्रचण्ड एक्ला छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell