PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

तीन दिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो



पहिलोपोस्ट

तीन दिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो

काठमाडौं : साता प्रारम्भका तीन दिन स्थिर रहेको सुनको मूल्यमा चौथो दिन ३ सय रुपैयाँ बढेको छ। बुधवारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारसम्म सुन प्रतितोला १ लाख १० हजारमा स्थिर थियो। गत साताको अन्तिम दिनका तुलनामा ८ सय घटेर उक्त मूल्यमा आइपुगेको थियो।

चाँदीको मूल्यमा १० रुपैयाँको बढोत्तरी भएको छ। मंगलवार तोलाको १४ सय ३५ रुपैयाँ रहेको चाँदी बुधवार १४ सय ४५ भएको हो। यसअघि सोमवारसम्म ४/५ दिन प्रतितोला १४ सय ५० स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा लगातार बढेको तुलनामा सुनचाँदीको मूल्य घटेको छैन। मंगलवार प्रतिऔंस १९९९.३४ डलरमा कारोबार भएको सुन बुधवार बढेर २००२.८५ डलर भएको छ।

साताको प्रारम्भका तुलनामा बिचमा सामान्य गिरावट भएको सुनको कारोबार मूल्य पुनः बलियो हुनेतर्फ अघि बढेको देखिएको छ। गत आइतवार प्रतिऔंस २००४.३९ डलर थियो।

चाँदीमा पनि बढोत्तरी छ। मंगलवार प्रतिऔंस २५.०३ डलरले कारोबार भइरहेकोमा बुधवार बढ्दै २५.१८ डलर भएको छ। गत आइतवार प्रतिऔंस २५.३९ डलरसम्म पुगेको कारोबार मूल्य बिचमा घटेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell