काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उप चुनाव प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने भन्ने सवालको लडाइँ भएको बताएका छन्। बुधवार चितवनको चुनावी कार्यक्रममा सहभागी हुँदै सिंहले गठबन्धनका साझा उमेदवारको जित भनेको लोकतन्त्रवादीको जित हुने बताए।
जनताले आवेगमा नभई विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको भन्दै सधैँ सुखदु:खमा उभिने सबैको घर आँगनमा सजिलै भेटिने उमेदवारका पक्षमा मतदान गर्नु राजनीतिप्रतिका सम्मानसमेत उनको भनाई थियो।
नेतासिंहले गठबन्धनको साझा उम्मेदवार जितनायण श्रेष्ठ सबैका लागि सर्वस्वीकार्य उमेदवार रहेको बताउँदै चितवनको विकास र संमृद्धिका लागि यसपटक जितनारणलाई जिताउन अपिलसमेत गरे। नेता सिंहले राजनीति सजिलो विषय नभएकोसमेत बताए। पहिले के भयो, कसो भयो बिर्सेर राजनीतिक सुझबुझ र परिपक्व गठबन्धनका साझा उमेदवारका पक्षमा मत माग्न घरघर पुग्न सबैमा आग्रहसमेत गरेका छन्। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले चर्का कुरा गर्नेलाई भन्दा जनतामाझ परिचित उमेदवारलाई जिताउन आग्रह गरे। चितवन २ मा गठबन्धनका साझा उमेदवार श्रेष्ठले आफू जनताको सुखदुःखमा सधै रहने भन्दै भ्रष्टाचारका बिरुद्धमा लड्ने प्रतिबद्धता जनाए।