इण्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको प्रस्ताव खेलाडीलाई आएसँगै फिक्सिङको चर्चा चलेको छ। आईपीएलको फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बलर मोहम्मद सिराजलाई टिमको भित्री सूचनाको लागि ठूलो रकमको प्रस्ताव आएको भारतीय सञ्चारमाध्यमहरुले श्रोतलाई उदृत गर्दै उल्लेख गरेका छन्।
समाचार संस्था पीटीआईका अनुसार सिराजलाई प्रस्ताव गर्ने व्यक्ति कुनै बुकी (एजेन्ट) नभएर एक ड्राइभर भएको बताइएको छ। यद्यपि, सिराज प्रस्ताव आएसँगै एन्टी करप्सन युनिट (एसीयू)मा जानकारी गराएका थिए। योसँसै अनुन्धान अघि बढिसकेको र प्रस्ताव गर्ने ड्राइभर पनि पक्राउ परिसकेको हिन्दुस्तान टाइम्सले भारतीय क्रिकेटबोर्ड (बीसीआई) को स्रोतलाई उल्लेख गर्दै जनाएको छ।
प्रस्ताव गर्ने ड्राइभरसँग सोधपुछ भइरहेको र बाँकी जानकारी आउन बाँकी रहेको बताइएको छ। ती ड्राइभरले आईपीएलमा सट्टेबाजीमा ठूलो रकम गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सन् २०१३ को आईपीएलमा पनि फिक्सिङ प्रकरण अघि आउँदा एस श्रीसंत, अंकित चौह्वाण र अजित चन्दिलालगायत कारबाहीमा पनि परेका थिए। त्यस्तै सन् २०२१ मा बंगलादेशी अलराउन्डर सकिव अल हसन यस्तै प्रस्ताव आउँदा रिपोर्ट नगरेका कारण कारबाहीमा परेका थिए।
यो सिजन सिराजले ८ विकेट लिएर राम्रो प्रदर्शन गरिरहेका छन्।
आईपीएलमा हरेक टिमसँग एसीयू अधिकारी राखिएको हुन्छ। जसले खेलाडी रहेको होटलमै रहेर हरेक गतिविधिमाथि निगरानी गरिरहेको हुन्छ। प्रतियोगिता अघि खेलाडीलाई के गर्ने र के नगर्ने भनेर ट्रेनिङ पनि दिइएको हुन्छ। यदि खेलाडीले जानकारी नदिएको खण्डमा कारबाही बेहोर्नुपर्ने हुन सक्छ।