PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

अमेरिकाको ट्रिबेका फिल्म फेस्टिभलमा प्रभासको ‘आदिपुरुष’को वर्ल्ड प्रिमियर हुने



पहिलोपोस्ट

अमेरिकाको ट्रिबेका फिल्म फेस्टिभलमा प्रभासको ‘आदिपुरुष’को वर्ल्ड प्रिमियर हुने

प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बहुप्रतिक्षित फिल्ममध्येको एक हो। टिजर सार्वजनिक भएदेखि नै चर्चामा रहेको यो फिल्म आगामी जुन १६ बाट रिलिज हुँदैछ। यसैबिच, यो फिल्म विदेशमा प्रिमियर हुने खबर बाहिरिएको छ।

निर्माण टिमले फिल्मको वर्ल्ड प्रिमियरको मिति पनि घोषणा गरेको छ। न्यूयोर्कमा हुने ट्रिबेका फिल्म फेस्टिभलमा जुन १३ गते फिल्मको वर्ल्ड प्रिमियर गरिनेछ। ट्रिबेका फिल्म फेस्टिभल जुन ७ देखि १८ सम्म चल्नेछ।

निर्णायक मण्डलले वर्ल्ड प्रिमियरका लागि ‘आदिपुरुष’लाई छनोट गरेको हो।

‘आदिपुरुष फिल्म होइन, भावना हो। यो एक कथा हो जुन भारतको भावनासँग प्रतिध्वनित छ। विश्वको प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एकको सम्मानित निर्णायक मण्डलबाट आदिपुरुष छनोट भएको थाहा पाएपछि म एकदमै हर्षित भए। ट्रिबेका फेस्टिभलमा यो प्रिमियर साँच्चै मेरो लागि र सम्पूर्ण टोलीको लागि ठूलो कुरा हो किनभने हामीले यस्तो कथालाई विश्वव्यापी स्तरमा प्रदर्शन गर्न पाउँछौँ। वर्ल्ड प्रिमियरमा दर्शकको प्रतिक्रिया सुन्नको लागि उल्साहित छौँ,’ राउतले भारतीय मिडियासँग भनेका छन्।

रामायणमा आधारित ‘आदिपुरुष’ ५०० करोड लगानीमा निर्माण भएको हो। टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो।

साथै, यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबी गरिएको छ। ओम राउत निर्देशित फिल्ममा प्रभास र कृतिका साथै सैफ अली खान मुख्य भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell