काठमाडौँ: यूएईले कुवेतलाई ३ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७१ रन बनाएको हो।
पहिलो ओभरमा कप्तान मोहम्मद वसीम र दोस्रो ओभरमै आर्यन लार्कालाई गुमाएको युएईको ४.४ ओभरमा रमीज सहजादले विकेट गुम्दा स्कोर बोर्डमा २४-३ को अवस्था थियो। सुरुमै धर्मराएकव यूएईको ब्याटिङलाई रोहन मुस्तफा र बृत्य अरबिन्दले २७५ रनको साझेदारी गर्दै यूएईको इन्निङ्स सम्हाले। अरबिन्दले १४७ बलमा १७ चौका र ९ छक्काको सहायतामा १८५ रन बनाए। त्यस्तै मुस्तफाले ११८ रन बनाउँदा आशिफ खानले ९ बलमा ३० रन बनाए।
बलिङतर्फ कुवेतका शाहरुख कुड्डोस र परभिन्दर कुमारले समान २ विकेट लिँदा यसिन पटेल र सायेद मोनिबले समान १ विकेट लिए।
कुवेत केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।