PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

बाख्रा चराउन गएका दुई जनामाथि बाघको आक्रमण



पहिलोपोस्ट

बाख्रा चराउन गएका दुई जनामाथि बाघको आक्रमण

हेटौंडा : मकवानपुरको हेटौंडा १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउन गएका दुई जना बाघको आक्रमणमा परेर घाइते भएका छन्।

बुधबार बिहान ८:१५ बजे घर नजिकै वनमा बाख्रा चराउन गएका स्थानीय ६५ वषीय कृष्णबहादुर थिङ र १७ वर्षीय सुमन घलान घाइते भएका हुन्। थिङको घाँटीमा गहिरो चोट भएको कारण उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। यसैगरी, घलानको दाहिने कुम, ढाडको बाँया साइड, छातीमा टोकेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell