PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि, भोलि पनि खुवाइने

बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि, भोलि पनि खुवाइने

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बुधवारदेखि सरकारले राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सुरु गरिएको छ। बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन यो अभियान सुरु गरिएको हो।

बुधवार र बिहीवार दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ।

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ। भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाउने मन्त्रालयको लक्ष्य छ।

स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिमबाट बालबालिकालाई बचाउन २०५० सालदेखि सरकारले भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell