PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

गोविन्द भट्टराईलाई मत माग्न तनहुँ पुगे देउवा, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि साथमा



पहिलोपोस्ट

गोविन्द भट्टराईलाई मत माग्न तनहुँ पुगे देउवा, प्रधानमन्त्री प्रचण्ड र माधव नेपाल पनि साथमा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न तनहुँको डुम्रे पुगेका छन्। त्यहाँ कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार रहेका छन्।

देउवासँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगेका हुन्।

यसअघि मंगलवार दमौलीमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासँगै माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गरेका थिए। यस क्षेत्रमा हालै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा स्वर्णिम वाग्ले उम्मेदवार छन्।

गठबन्धनबाट कांग्रेसका गोविन्दलाई स्वर्णिमले कडा टक्कर दिने बताइएको छ। यहाँ एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार रहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली भने भाइरल ज्वरोका कारण चुनावी कार्यक्रमहरुमा सहभागी भइरहेका छैनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell