A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6999004f315e95.82725442): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6999004f315e95.82725442,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु
PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु



पहिलोपोस्ट

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

जनकपुरधामः महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब १२ बजेको समयमा गौशाला नगरपालिका १ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्याकको २ सय मिटर उत्तरपट्टी बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

गौशाला रोडबाट गौशाला जाने क्रममा मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुर्घटनामा परेर सिराहाको कल्याणपुर नगरपालिका १० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell