
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका छन्। तनहुँको निर्वाचन क्षेत्र १ स्थित डुम्रे पुगेर देउवाले उक्त आग्रह गरेका हुन्। देउवाले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्दलाई जिताएर पठाए मन्त्री बनाएर पठाउने वाचासमेत गरे।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू देउवाको साथमा रहेको वचन दिए। 'शेरबहादुरजीले गोविन्दजीलाई मन्त्री हुनुहुन्छ भन्नुभयो, म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो अहिले। यो मञ्च लक्की । रामचन्द्रजीलाई झै अत्याधिक मतले जिताइदिनु होला। बाँकी काम शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो। म उहाँसँगै छु,' प्रचण्डले भने।