PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भीमफेदी कारागारका एकजना कैदीको मृत्यु



पहिलोपोस्ट

भीमफेदी कारागारका एकजना कैदीको मृत्यु

हेटौंडा : मकवानपुरको भीमफेदी कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय खेपिरहेका ३५ वर्षीय समिर परीयारको बुधवार मृत्यु भएको हो। मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बस्ने एक्कासी बहोस भई ढलेपछि उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको थियो।

अस्पताल पुगेपछि जाँच गर्दा परियारलाई डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले बताए। बेहोस भएर ढलेपछि सुरक्षागाडीको सहयोगमा अस्पतालमा पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell