PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रपति पौडेलको उपचार एम्सको आइसियूमा शुरु



पहिलोपोस्ट

राष्ट्रपति पौडेलको उपचार एम्सको आइसियूमा शुरु

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको भारतस्थित नयाँ दिल्लीमा रहेको एम्स अस्पतालको आइसियूमा उपचार शुरु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल श्री एयरको जहाजमार्फत बुधवार बिहान १० बजे एम्सतर्फ प्रस्थान गरेका थिए।

राष्ट्रपतिका निजी चिकित्सकका डा निरज बम पौडेलसँगै एम्स पुगेका छन्। उनका अनुसार उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार पौडेल आकस्मिक रुपमा शिक्षण अस्पताल भर्ना भएका थिए। अस्पतालका चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि पौडेल दिल्लीतर्फ उडेका हुन्। सोमवारमात्र पौडेल नियमित फलोअप गरी फर्केका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालबाट फर्काइएको थियो। यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए। पाँच दिन अस्पताल बसाईपछि पौडेल शितल निवास फर्केका थिए।

एम्समा नेपालमा गरेका सबै परीक्षण पुन हुने र रिपोर्ट अध्ययनपछि नर्मल क्याबिनमा सारिने डा बमले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell