PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो



पहिलोपोस्ट

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन बाहिरियो
Photo: Reuters

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब बायर्न म्युनिखलाई पन्छाउँदै यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति सम्पन्न दोस्रो लेगको खेलमा बायर्न र म्यानचेस्टर सिटी १-१ गोलको बराबरीमा रोकिएसँगै समग्रमा ४-१ गोलको जित निकालेर सिटीले सेमिफाइनल यात्रा पक्का गरेको हो। क्वाटरफाइनलको पहिलो लेगको खेलमा सिटीले इतिहाद स्टेडियममा बार्यनलाई ३-० गोलअन्तरले हराएको थियो।

गएराति एलेनाज एरेनामा सम्पन्न खेलको ३७ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसरमा चुकेको थियो। बायर्नका डिफेन्डर डायोट उपमेकानोले ह्याण्डबल गरेपछि पाएको अवसरमा सिटीका अर्लिङ हल्याण्डको प्रहार गोलपोस्ट भन्दा माथिबाट गएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई ५७ औँ मिनेटमा अर्लिङ हल्याण्डले केभिन डी ब्रुइनाको पासमा आएको बललाई उत्कृष्ट ट्याकल गर्दै गोल गरेका थिए। तर, ८३औँ मिनेटमा बायर्नले गोल फर्कायो। यसपटक बक्सभित्र ह्याण्डबल भएपछि पेनाल्टीको अवसर बार्यनले पायो। तर, बार्यन यसमा चुकेन। जोसुवा किममिचले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल १-१ गोलको बराबरीमा रोकियो।

सिटीले सेमिफाइनलमा रियल मड्रिडको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell