PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

मातातीर्थ कुण्डमा पुगेर छोराछोरीले दर्साए आमाप्रतिको श्रद्धा र भक्ति

मातातीर्थ कुण्डमा पुगेर छोराछोरीले दर्साए आमाप्रतिको श्रद्धा र भक्ति

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ। आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति प्रकट गरेर यो पर्व मनाइन्छ।

आजको दिनमा विशेषरुपमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ। मातातीर्थ औँसीको दिनमा छोराछोरी बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

यसै अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थ कुण्डमा स्नान गर्ने र दर्शन गर्नेहरुको भीड छ। प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन मातातीर्थ कुण्डमा स्नान गर्ने र आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लाग्ने गर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell