PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

युवतीको भेट्टाएको मोबाइलबाट अश्लिल हर्कत गर्न थालेपछि…



पहिलोपोस्ट

युवतीको भेट्टाएको मोबाइलबाट अश्लिल हर्कत गर्न थालेपछि…

काठमाडौं : भेट्टाएको मोबाइलबाट आपराधिक गतिविधि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले रोल्पा घर भएका २२ वर्षीय ओम प्रकाश महरालाई नियन्त्रणमा लिएको हो।

उनले एक युवतीको मोबाइल भेट्टाएर लग इन भएको फेसबुकमा अश्लिल शब्दहरु पोष्ट गरेपछि प्रहरीले पक्राउ गरेको हो। पीडित युवतीले आफ्नो हराएको मोबाइलमा लगइन भएको फेसबुकबाट जथाभावी पोष्ट गर्ने र अश्लिल भिडियोहरु समेत पठाउने गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको हो।

उनीउपर विद्युतीय कारोबार ऐनमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell