PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ



पहिलोपोस्ट

कर्णालीमा मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। बुधवार मुख्यमन्त्री राजकुमार शर्माले नियुक्त गरेका चार मन्त्रीले बिहीवार प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्। 

प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गराज पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले शपथ लिएका हुन्। 

सिंह, बिसी र पोखरेल तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन्। यसअघि राज्यमन्त्री रहेको विश्वकर्माको भने यसपटक बढुवा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell