PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

१०० करोड कमाइ गरिसकेको ‘दसारा’ अब नेटफ्लिक्समा



पहिलोपोस्ट

१०० करोड कमाइ गरिसकेको ‘दसारा’ अब नेटफ्लिक्समा

दक्षिण भारतीय फिल्म ‘दसारा’ १०० करोड क्लबमा प्रवेश गरिसकेको छ। गत मार्च ३० मा प्रदर्शन भएको यस फिल्मले विश्वभरबाट सय करोड भारु कमाएको हो।

‘दसारा’सँगै अजय देवगनको ‘भोला’ पनि हलमा प्रदर्शनरत छ। हलमा राम्रै व्यापार गरेसँगै नानी र कीर्ति सुरेशको मुख्य भूमिका रहेको ‘दसारा’ अब ओटीटीमा प्लेटफर्ममा आउँदैछ। नेटफ्लिक्सले ‘दसारा’को ओटीटी राइट्स खरिद गरेको हो।

नेटफ्लिक्सले बिहीवार ट्विटरमार्फत ‘दसारा’को ओटीटी रिलिज डेट घोषणा गरेको हो। यो फिल्म २७ अप्रिल २०२३ बाट नेटफ्लिक्समा रिलिज हुनेछ।

श्रीकान्त उडेलाको लेखन र निर्देशन रहेको फिल्म नेटफ्लिक्समा तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ। तर, हिन्दी भाषाको रिलिजबारे खुलाइएको छैन।

फिल्ममा नानी र कीर्तिका साथै समुथिराकानी, प्रकाश राज, राजेन्द्र, प्रसाद, रोशन माथे, साइ कुमारलगायत कलाकारको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell