PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख



पहिलोपोस्ट

राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सुधार भएको चिकित्सकहरुले जनाएका छन्। दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै स्वास्थ्यमा सुधार आएको जनाएको हो।

पौडेलको नयाँ दिल्लीमा रहेको एम्स अस्पतालमा उपचार भइरहेको छ। पौडेललाई बुधबार बिहान भारत लगिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार पौडेल आकस्मिक रुपमा शिक्षण अस्पताल भर्ना भएका थिए। चिकित्सकको सुझावमा थप उपचारका लागि पौडेललाई भारत लगिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell