PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

बारपाकमा दुई सातादेखि टेलिकमको नेटवर्कमा आयो समस्या



रासस

बारपाकमा दुई सातादेखि टेलिकमको नेटवर्कमा आयो समस्या

गोरखा : गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो।

स्थानीय सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ। स्थानीयले सञ्चार सम्पर्कका लागि हैरानी खेप्नुपरेको छ।

उनले भने, ‘फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ।’

नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युतको भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताए। समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell