PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कप्तान रोहित पनि आउट, संकटमा नेपालको ब्याटिङ



पहिलोपोस्ट

कप्तान रोहित पनि आउट, संकटमा नेपालको ब्याटिङ
Photo: CAN

काठमाडौं : कप्तान रोहित पौडेलको विकेट गएसँगै नेपाली टोलीको ब्याटिङ थप संकटमा परेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भएसँगै नेपालको ब्याटिङ थप संकटमा परेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शून्य रनमै २ विकेट गुमाएको खराब अवस्थामा थियो।

ओमनका बिलाल खानले पहिलो विकेट मेडन राख्दा दोस्रो ओभरमा करिमुल्लाहले पनि मेडन राखेका थिए। तेस्रो ओभरको दोस्रो ओभरमा बिलाल खानले कुशल भुर्तेललाई एबिडब्लु आउट गराउँदा त्यो ओभरमा पनि नेपालले रन जोड्न सकेन। चौथो ओभरमा पनि नेपालले लय टिप्न सकेन। यो ओभरमा पनि मेडन राख्दै करिमुल्लाहले आशिफ शेखको विकेट लिए।

संकटमा परेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी बनाउँदै उद्धार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell