PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

उपनिर्वाचन : आइतवार राति १२ बजेसम्म भारतीय सीमानाका बन्द हुने



रासस

उपनिर्वाचन : आइतवार राति १२ बजेसम्म भारतीय सीमानाका बन्द हुने

बारा : यही बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रवारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतवार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

यस्तै मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री र सेवनमा रोक लगाइएको छ। बारा क्षेत्र २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा बैशाख ९ गते राति १२ बजेदेखि बैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell