PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कुशल मल्लको आक्रामक अर्धशतक, सम्हालिँदै नेपालको ब्याटिङ



पहिलोपोस्ट

कुशल मल्लको आक्रामक अर्धशतक, सम्हालिँदै नेपालको ब्याटिङ
फाइल फोटो।

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी ओमनविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। २०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ३० बलमा ६ चौका र ४ छक्काको सहायतामा अर्धशतक पूरा गरेका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शून्य रनमै २ विकेट गुमाएको खराव अवस्थामा थियो।

ओमनका बिलाल खानले पहिलो विकेट मेडन राख्दा दोस्रो ओभरमा करिमुल्लाहले पनि मेडन राखेका थिए। तेस्रो ओभरको दोस्रो ओभरमा बिलाल खानले कुशल भुर्तेललाई एबिडब्लु आउट गराउँदा त्यो ओभरमा पनि नेपालले रन जोड्न सकेन।

चौथो ओभरमा पनि नेपालले लय टिप्न सकेन। यो ओभरमा पनि मेडन राख्दै करिमुल्लाहले आशिफ शेखको विकेट लिए।

संकटमा परेको नेपाललाई कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी बनाउँदै उद्धार गरे। तर, रोहित १७.१ ओभरमा २३ रन बनाएर आउट भए। चौथो विकेटका रुपमा भीम सार्की २०.३ ओभरमा स्टम्पिङ आउट भए।

हाल क्रिजमा मल्ल र आरिफ शेख छन्। २९.३ ओभर चलिरहँदा नेपालको स्कोरबोर्डमा ४ विकेट गुमाएर १३६ रन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell