PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कुशल बने नेपालको सबैभन्दा छिटो शतक बनाउने खेलाडी



पहिलोपोस्ट

कुशल बने नेपालको सबैभन्दा छिटो शतक बनाउने खेलाडी

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी ओमनविरुद्धको खेलमा कुशल मल्लले शतक प्रहार गरेका छन्। २०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ९ छक्का र ९ चौकाको सहायतामा ५९ बलमा ३९औँ ओभरको समाप्तिमा शतक प्रहार गरेका हुन्।

मल्लको यो शतक नेपाली टोलीको तर्फबाट पाँचौँ एकदिवसीय शतक हो। उनीअघि पारस खड्का, रोहित कुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। योसँगै कुशल मल्ल नेपालका लागि सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शून्य रनमै २ विकेट गुमाएको खराब अवस्थामा थियो।

ओमनका बिलाल खानले पहिलो विकेट मेडन राख्दा दोस्रो ओभरमा करिमुल्लाहले पनि मेडन राखेका थिए। तेस्रो ओभरको दोस्रो ओभरमा बिलाल खानले कुशल भुर्तेललाई एबिडब्लु आउट गराउँदा त्यो ओभरमा पनि नेपालले रन जोड्न सकेन।

चौथो ओभरमा पनि नेपालले लय टिप्न सकेन। यो ओभरमा पनि मेडन राख्दै करिमुल्लाहले आशिफ शेखको विकेट लिए।

संकटमा परेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी बनाउँदै उद्धार गरे। तर, रोहित १७.१ ओभरमा २३ रन बनाएर आउट भए।

चौथो विकेटका रुपमा भीम सार्की २०.३ ओभरमा स्टम्पिङ आउट भए। त्यस्तै आरिफ शेख २९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरी ७ रनमा बोल्ड आउट भए।

एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए'को खेलमा ओमनका कप्तान जेसन मक्सुदले टस जितेर नेपाललाई ब्याटिङमा निम्ता दिएको हो। नेपाल र ओमनबिचको आजको खेल एकदिवसीय मान्यताप्राप्त हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell