PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन ओलीसँग हिमचिम बढाउँदै प्रचण्ड, तर केमा अड्कियो कुरा?



पहिलोपोस्ट

प्रधानन्यायाधीश सिफारिसमा सहमति जुटाउन ओलीसँग हिमचिम बढाउँदै प्रचण्ड, तर केमा अड्कियो कुरा?
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशको सिफारिसमा सहमति जुटाउन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। सिंहदरवारमा दुई नेताबिच छलफल भएको ओलीको सचिवालयले जनाएको छ। 'संवैधानिक परिषदको बैठकबारे छलफल भएको हो। कुनै सहमति भएको छैन,' सचिवालयका एक सदस्यले भने।

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक वैशाख ६ मा बसे पनि निर्णयमा पुग्न सकेको थिएन। प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा रहेका ओलीको संवैधानिक परिषद्मा बहुमत छ। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना एमालेबाट उक्त पदमा निर्वाचित भएका हुन्।

उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित भएकी हुन्। संविधानको धारा २८४ मा ६ सदस्यीय संवैधानिक परिषद् रहने व्यवस्था छ। उक्त परिषदको सिफारिसमा प्रधानन्यायाधीश नियुक्ति हुने कानुनी व्यवस्था रहेकोमा केही समय यता प्रचण्डले प्रधानन्यायाधीश सिफारिसका लागि गृहकार्य गरेका हुन्। वैशाख ६ मा बसेको संवैधानिक परिषद्को बैठकमा ओलीले संसदीय समिति गठन नगरी प्रधानन्यायाधीश सिफारिस गर्न नहुने अडान राखेका थिए। उक्त अडानपछि उक्त बैठक बिना निष्कर्ष सकिएको थियो।

संसदीय समितिको बैठकको नेतृत्व संसदको सिटको अनुपातमा हुनुपर्ने अडान एमालेको छ। तर सत्ता गठबन्धनले भने लेखा समिति बाहेकमा एमालेलाई समितिको नेतृत्व दिन आनाकानी गरेको भन्दै एमाले आक्रोशित बनेको हो। संवैधानिक परिषदको बैठकका लागि मात्रै आफूसँग छलफल गरेको भन्दै ओलीले बैठकमा आक्रोश व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell