PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

सबैभन्दा चाँडो १०० विकेट लिने कीर्तिमान बनाए सन्दीपले



पहिलोपोस्ट

सबैभन्दा चाँडो  १०० विकेट लिने कीर्तिमान बनाए सन्दीपले

काठमाडौँ: सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपले ओमनका १२.३ ओभरमा १३ रन बनाएर खेलिरहेका अदिल सफिकलाई एलबीडब्लु आउट गराए।

योसँगै लामिछानेले दुर्लभ विश्वकीर्तिमान बनाएका छन्। उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन्। यस क्रममा उनले अफगानिस्तानका बलर राशिद खानको कीर्तिमानलाई पछि पारेका छन्। राशिदले ४४ खेलबाट १०० एकदिवसीय विकेट लिएका थिए। उनीपछि अस्ट्रेलियामा मिचेल स्टार्कले ५२ खेलबाट १०० विकेट लिएका थिए।

सन्दीप लामिछानेले भने ४२ खेलबाट १०० औँ एकदिवसीय विकेट लिँदै कीर्तिमान बनाएका हुन्।

विश्वकीर्तिमान बनाएसँगै दौडिएर लामिछानेले विकेट सेलिब्रेट गरे। टिमका अन्य खेलाडीले उनलाई बोकेर दौडाए। लगत्तै लामिछानेले पिचमा ढोगेका थिए। सन्दीप अघि ललित राजवंशीले जतिन्दर सिंहलाई बोल्ड आउट गराएका थिए।

एसीसी प्रिमियर लिगको समूह 'ए' को खेलमा कीर्तिपुरमा नेपाल र ओमन प्रतिस्पर्धारत छन्। नेपालले ओमनलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमन जवाफी ब्याटिङमा उत्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell