PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, सक्रिय संक्रमितको सङ्ख्या ४ सय नाघ्यो



पहिलोपोस्ट

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, सक्रिय संक्रमितको सङ्ख्या ४ सय नाघ्यो

काठमाडौंः पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण भएका थप एक जनाको मृत्यु भएको छ।

जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप १ सय ६ जनामा सङ्क्रमण देखिएको छ। १ हजार ८ सय ८३ जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा सङ्क्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ४६ जना सङ्क्रमण मुक्त भएका छन्।

अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ४ सय १४ पुगेको छ। पछिल्ला केही दिनमा देशभर कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ। अहिलेसम्म कोरोना सङ्क्रमण भएका १२ हजार २६ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell